२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

समाजसेवी ऋषि ज्ञवालीको निधन

शुक्रवार , आषाढ २२, २०८१

बुटवल, २१ असार । 
दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेशन प्रा.लि.का पूर्वअध्यक्ष तथा समाजसेवी ऋषि ज्ञवालीको बिहीबार विहान निधन भएको छ । ६८ वर्षीय ज्ञवालीको उपचारको क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा बिहान ३ बजे निधन भएको हो ।

पाँच महिना अघि उनको मृगौला प्रत्यारोपण भएको थियो । २०१३ साल भदौ २४ गते भारतको शिलाङमा जन्मेका ज्ञवाली तत्कालीन नेकपा मालेमा संगठित भइ राजनैतिक आन्दोलनमा क्रियाशिल थिए । उनी लामो समय मणिमुकुन्द सेन उद्यानको उपाध्यक्ष भइ उद्यानको संस्थागत विकासमा योगदान गरेका थिए ।
ज्ञवाली एन्फा एकेडेमीमा आबद्ध भइ फुटवलको व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बुटवलमा केन्द्रीय कार्यालय भएको सिद्धार्थ डेभलपमेण्ट बैंकको स्थापनाकालमा सञ्चालक रहेका उनी यहाँका विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध थिए । उनको बिहीवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय ज्ञवालीका एक छोरा र दुई छोरी छन् । 

सिद्धार्थ पब्लिकेशनका अध्यक्ष मोहन चापागाईले शोक विज्ञप्ति जारी गर्दै पूर्व अध्यक्ष ज्ञवालीको निधनले स्तब्ध बनाएको बताएका छन् । ‘स्वर्गीय ज्ञवालीले दैनिक लुम्बिनीको संस्थागत विकासमा पुर्याउनुभएको योगदान अतुलनीय छ, यो योगदान हामीले सधैं सम्झने छौं, हाम्रा अभिभावकले मार्गनिर्देश गरेको बाटो हामीलाई सधैं प्रेरणादायी हुनेछ, ’विज्ञप्तिमा भनिएको छ ।