२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

मनसुनजन्य विपदका कारण २८ जनाको मृत्यु

शुक्रवार , आषाढ २२, २०८१

  • 529
    Shares
  • 529
    Shares
  • काठमाडौं, २१ असार । गृह मन्त्रालयले यस बर्ष मनसुनजन्य विपदका कारण २८ जनाको मृत्यु भएको जनाएको छ । 

    शुक्रबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको जानकारी दिए ।

    यस बर्ष पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट चारजनाको मृत्युभएको, एकजना बेपत्ता भएका र दुईजना घाइते भएको उनले बताए । उनले विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको भन्दै मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुनेगरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिए । 

    त्यस्तै जिल्ला विपद् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई पाँच लाख, प्रदेश सरकारबाट प्राप्त रु तीन लाख तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको मन्त्री अर्यालले बताए ।