
शुक्रवार , आषाढ २२, २०८१
काठमाडौं, २१ असार ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा विभिन्न दलहरुसँग छलफल गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा पार्टीको महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक परिस्थीतिका सन्दर्भमा नयाँ समीकरणमा सहभागी लगायत सबै दलहरुसँग छलफल गर्ने बताएका छन् । उनले समाजवादी मोर्चालाई क्रियाशिल तुल्याउन छलफल गर्ने जिकिर गरे ।
राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको अवस्थामा यसले संघमा मात्रै नभइ प्रदेशमा पनि प्रभाव पार्ने उनले बताए ।
उनले राजनीतिक घटनाक्रममा आफ्नो पार्टीको भूमिकाका बिषयमा पनि छलफल गरिने जिकिर गरे । अध्यक्ष नेपालले महाधिवेशनले पार्टीलाई थप बलियो बनाएको भन्दै अवसर नपाएकै कारण निराश हुनु नपर्ने बताए ।
त्यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको विकास र विस्तारलाई रोक्न सक्ने कुनै शक्ति नरहेको जिकिर गरे । कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी विचार हावी भएको र एमालेमा पनि नेतृत्वका कारण निराशा छाएको भन्दै आफ्नो पार्टी देशकै मुख्य कम्युनिष्ट पार्टी हुने उनले दावी गरे ।
उनले महाधिवेशन सम्पन्न भएसँगै अब पार्टीको व्यापक रुपान्तरणमा जुट्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij