२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी बुटवल चौतारीले साउनभर वृक्षारोपण अभियान चलाउने

आइतवार , आषाढ २४, २०८१

बुटवल, २३ असार ।
रोटरी क्लब अफ बुटवल चौतारीको २०९ औं नियमित एवं वर्ष २०२४–२५ को पहिलो बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकले क्लबको पदस्थापन कार्यक्रमको समीक्षा गर्नुका साथै बोर्ड बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए ।

क्लबले साउन महिनालाई वृक्षारोपण अभियानको रुपमा लैजाने निर्णय गर्दै यसका लागि क्लवका सम्पूर्ण सदस्यहरुलाई सक्रियतापूर्वक लाग्न आग्रह गरेको छ । अध्यक्ष पौडेलले प्रत्येक महिना फरकफरक कार्यक्रम गर्ने योजना अनुसार साउन महिनालाई वृक्षारोपण महिनाको रुपमा अघि बढाउन खोजिएको बताए ।

बैठकमा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर सञ्जय गिरीले रोटरीका चार मार्गदर्शक सिद्वान्तलाई सबैले अनुशरण गर्नुपर्ने भन्दै समुदायका लागि योगदान गर्न सक्नु नै रोटरीयनको मुख्य उद्देश्य र कर्तव्य रहेको बताए ।

पब्लिक इमेज चेअर अमित गिरीले रोटरीप्रति नयाँ सदस्यहरुको आकर्षण बढाउन यसका उद्देश्य, क्रियाकलाप र यहाँ हुने फेलोसिपलाई मुख्य आधार मानेर अघि बढ्नुपर्ने बताए । 

बैठकमा निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी, चार्टड प्रेसिडेन्ट डा. विष्णु घिमिरे, माधव कंडेल, सर्जन एट आम्र्स श्रीकान्त सुवेदीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा सहभागी रोटरीयनहरुले क्लबको पदस्थापन कार्यक्रम पूर्ण रुपमा सफल भएको भन्दै क्लबका हरेक गतिविधिमा सबैको सामूहिक प्रयास र एकता आवश्यक रहेको बताएका थिए ।

Rotary chautari.jpg