२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

लायन्स सिद्धार्थनगर लोटसद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

बिहिवार , श्रावण २२, २०७७

  • 8.5K
    Shares
  • 8.5K
    Shares
  • भैरहवा, २२ साउन ।
    सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । क्लबले बिहीबार महिला प्रहरीहरुलाई मास्क र स्यानिटाइजर प्रदान गरेको हो ।

    कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त भइरहेको बेला अग्रपंक्तिमा खटिएका महिला प्रहरीहरुलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले मास्क र स्यानिटाइजर उपलब्ध गराइएको क्लबका अध्यक्ष दुर्गा आचार्यले बताइन् । 

    ‘दिनरात घामपानी नभनी नागरिकको सुरक्षामा प्रहरी खटिएको छ, महिलाहरु पनि देश र जनताको लागि काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ, उनले भनिन् ।’

    मास्क तथा स्यानिटाइजर वितरण कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले लायन्स लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

    कार्यक्रम संयोजक सिर्जना जोशीको स्वागत तथा सचिव पार्वती अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबले यस अघि सिद्धार्थनगर–३ स्थित संस्कृत विद्याश्रममा खाद्यान्न सामाग्री सहयोग गरेको थियो ।