२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

आइतवार , आषाढ २४, २०८१

काठमाडौं, २३ असार । नेकपा एमाले संसदीय दलले नयाँ सरकार गठनका लागि मार्गप्रस्तस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै मार्गप्रसस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले सदनमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको बिपक्षमा मत दिने निर्णय पनि गरेको छ । बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेको जानकारी दिए । अहिले सरकारले बिभिन्न निर्णय गरिरहेको भन्दै अल्पमतमा परेको सरकारले दिर्घकालीन असर पुग्ने निर्णय गर्ने हैसियत नराख्ने उनले बताए ।

बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको उनले बताए ।

बर्तौलाले कांग्रेस र एमाले मिलेर संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रिय सरकार बन्ने भन्दै संविधानलाई भ्रमणपूर्ण ढंगबाट व्याख्या गर्न खोजिएको जिकिर गरे ।