२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सरकार गठनका बिषयमा सदनमा जात्रा देखियो : ज्ञानेन्द्र शाही

आइतवार , आषाढ २४, २०८१

काठमाडौं, २३ असार । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका बिषयमा सदनमा जात्रा देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस–एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताएका हुन् । सरकारमा हुदा केहि नगर्ने, नयाँ समिकरण बन्ने बितिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको श्रृंखला सदनमा देखिएको उनले बताए ।

शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताए । देशका हितमा नरहेका संविधानका बुँदाहरु परिवर्तन गर्न दलहरुलाई कसैले नरोकेको उनले बताए । उनले नयाँ दलहरुलाई पुराना दलहरुको बिकल्पमा रुपमा जनताले मत दिएको भन्दै नयाँ दलहरु पद र प्रतिष्ठामा रमाउन थालेको जिकिर गरे । शाहीले जिवि राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फुलमाला लगाइदिने बताए ।

त्यस्तै फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउदै उनले बाँकी रहेको सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चूनौति दिए ।