२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

लायन्स बुटवल स्टार्सद्वारा ब्लड बैंकलाई सहयोग

आइतवार , आषाढ २४, २०८१

  • 760
    Shares
  • 760
    Shares
  • बुटवल, २३ असार ।
    लायन्स क्लब अफ बुटवल स्टार्सले ‘जहाँ दुःख्छ त्यहा पुग्छ’ भन्ने मूल नाराका साथ बुटवलमा रहेको रक्त सञ्चार सेवा केन्द्रलाई मेडिकल सामग्री प्रदान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी क्लबले उक्त सामग्री प्रदान गरेको क्लबका अध्यक्ष भुपेन्द्र अर्यालले बताए  । रक्त सञ्चार सेवा केन्द्रका बुटवलमा भएको कार्यक्रममा

    अध्यक्ष अर्यालले सेवा केन्द्रका वरिष्ठ प्राविधिक तथा  नेपाल रेडक्रस सोसाईटीका सचिव राधा शर्मा ज्ञवालीलाई प्रदान गरिएको हो ।

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका प्रथम भाइस गभर्नर बालाराम भट्टराई तथा क्लबका संस्थापक अध्यक्ष तथा द्वितीय भाइस गभर्नर सन्दीप कसौधन, जीएम कोडिनेटर एम.एल.पाण्डे, एरिया–३ का एरिया चिफ शान्ति पाठक पाण्डे लगायतको सहभागीता रहेको थियो । 

    कार्यक्रममा बोल्दै प्रथम भाइस गर्भनर बालाराम भट्टराईले क्लबले सामाजिक सेवा भावले महत्पूर्ण काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सोही अनुसारको काम गर्न सुझाव दिए ।