२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

मानव बेचबिखन तथा श्रम अधिकारसम्बन्धि प्रावधान विषयक तालिम

शनिवार , फाल्गुण १५, २०७७

  • 6.3K
    Shares
  • 6.3K
    Shares
  • भैरहवा, १५ फागुन ।
    मानव बेचबिखन तथा ओसारपसारको नियन्त्रण तथा पीडितहरुको न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यले कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)को आयोजनामा मानव बेचबिखन र श्रम अधिकारसम्बन्धी प्रावधान विषयक दुईदिने तालिम भैरहवामा सम्पन्न छ । 

    हाम्रो समान परियोजना अन्तर्गत अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको र संयुक्त अधिराज्यको युके एडमार्फत बेलायती जनताहरुको सहयोगमा कार्यक्रम भएको संस्थाले जनाएको छ ।

    तालिममा लिंगर लैंगिकता सम्बन्ध, लैंगिक समानता र शक्ति सन्तुलन, लैंगिक/महिला हिंसा र लिंगमा आधारित हिंसा सम्बन्धी कानुनी संरचना, मानव बेचबिखन तथा ओसारपसारविरूद्घ कानुनी प्रावधान, श्रमजीवी महिलाहरुप्रति डान्स रेस्टुरेन्ट, डान्स वार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ का मुख्य व्यवस्थाहरु, श्रम कानून २०७४ अन्तर्गत श्रमिकको अधिकार, श्रम ऐन २०७४ अन्तर्गत श्रमिकहरूको दायित्व, प्रभावकारी सञ्चार, नेतृत्व विकास र प्रमाणको आधारमा गरिने पैरवीजस्ता विषयबारे जानकारी दिइएको कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की अध्यक्ष अधिवक्ता अनिता न्यौपाने थपलियाले बताइन् ।

    ३६ जनाको सहभागिता रहेको तालिममा अधिवक्ताद्वय अनिता न्यौपाने थपलिया, रञ्जला प्याकुरेल र ल्याककी परियोजना संयोजक अर्पना सिंहले सहजीकरण गरेका थिए ।