
सोमवार , आषाढ २५, २०८१
काठमाडौं, २४ असार ।
नेकपा एमालेका सांसद ठाकुर गैरेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिकक समयमा उहने मुलक प्राकृतिक प्रकोपको विपत्तिमा परेको भन्दै मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आग्रह गरेका हुन् ।
उनले लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि एक सेकेण्ड पनि सरकारमा बस्ने नैतिक आधार नरहने धारणा राखे । उनले वर्षा सुरु भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताए ।
त्यस्तै अर्का सांसद विद्या भट्टराईले प्राकृतिक प्रकोपबाट मुलुक अस्तव्यस्त हुँदा पनि सरकार कहाँ छ भन्ने प्रश्न उठेको धारणा राखिन् । उनले नागरिकको समस्या समाधानका लागि पनि तत्काल नयाँ सरकार गठन हुनुपर्ने बताइन् ।
त्यस्तै सांसदहरुले बाढी पहिरोमा बेपत्ता भएकाहरूको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरुले बाढी पहिरोबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण गर्दै सहज आवतजावतको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij