२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

माओवादीलाई समेत साथमा लिएर संविधान संशोधन गरिन्छ : योगेश भट्टराई

सोमवार , आषाढ २५, २०८१

काठमाडौं, २४ असार ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गरिने बताएका छन् ।

सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै भट्टराइले कांग्रेस–एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायतका दललाइ साथमा लिएर अघि बढ्ने बताएका हुन् । उनले आफुहरु संविधान संशोधन दुईतिहाई नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गरे ।

उनले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस–एमाले एकै ठाउँमा आएको र अब सवै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर गरे । उनले सरकार गुमेका कारण माओवादी अध्यक्ष प्रचण्ड आक्रोशित रहेकाले कांग्रेस र एमाले सम्झाउने काममात्रै गरेको धारणा राखे ।

भट्टराईले प्रचण्डलाई माओवादी केन्द्रको संख्याका आधारमा नभइ व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको भन्दै राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने दावी गरे । कांग्रेस–एमालेको बाटोमा सबै दलहरु हिड्न सके शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधानलाई गतिशील बनाउने र मुलुकलाई सही दिशा दिने उनको भनाइ छ ।