२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शिव सेना नेपालले मनायो शाहको जन्मदिन

सोमवार , आषाढ २५, २०८१

भैरहवा, २४ असार ।
शिव सेना नेपाल रुपन्देहीले पूर्वराजा ज्ञानेन्द्र शाहको ७८ औं जन्मोत्सव मनाएको छ । जन्मोत्सवको अवसरमा आइतबार भैरहवास्थित नारायणस्थान मन्दिरमा कार्यक्रम गरिएको शिव सेना नेपाल रुपन्देहीका प्रवक्ता शिव बस्यालले बताए । त्यस्तै मन्दिर परिसरमा दीप प्रज्जवन तथा पुजाआजा समेत गरिएको बस्यालले जानकारी दिए ।

कार्यक्रममा समाजसेवी तथा राजनीतिज्ञ डा. रामप्रसाद बस्यालले पूर्वराजा शाहको दीर्घायू, सुस्वास्थ्य तथा प्रगतिको कामना गरे । उनले समाज र राष्ट्रलाई बचाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

WhatsApp Image 2024-07-08 at 5.50.31 PM.jpeg