
मंगलवार , आषाढ २६, २०८१
भैरहवा, २५ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको प्रथम बोर्ड तथा साधारण बैठक सम्पन्न भएको छ । लायन्स वर्ष २०२४/०२५ को नयाँ कार्यकाल अन्तर्गत क्लबको पहिलो बैठक भएको हो ।
क्लबका अध्यक्ष संजोग राज तिवारीको अध्यक्षतामा भैरहवामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले वर्ष २०२४/०२५ मा बालबालिकामा हुने क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम, मधुमेह (सुगर) सम्बन्धि कार्यक्रम, प्राकृतिक प्रकोप, वातावरण, मानवीय सेवा, खाद्यान्न वितरण, आँखा, युवा लगायतका विभिन्न कार्यक्रम गर्ने अध्यक्ष तिवारीले बताए ।
बैठकमा अध्यक्ष तिवारीले वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरेका छ । उक्त कार्ययोजना तथा बजेटमाथि छलफल भएको क्लबको वर्ष २०२४/०२५ का सचिव भुवन शर्माले जानकारी दिए ।
बैठकमा क्लबका निवर्तमान अध्यक्ष मिलन विश्वकर्मा, पूर्वअध्यक्ष अध्यक्ष तथा डिष्ट्रिक को–चिफ विनय कसौधन, पूर्वअध्यक्ष तथा एरिया चिफ अभिनव मयुर कसौधन, पूर्व अध्यक्ष तथा एरिया सेक्रेटरी कृतेश कुमार श्रेष्ठ, पूर्वअध्यक्ष तथा जोन चेयरपर्सन सुनिल सेन्चुरी लगायतले भनाइ राखेका थिए ।
क्लबका प्रथम उपाध्यक्ष अरुण बस्यालको स्वागत, द्वितीय उपाध्यक्ष गणेश न्यौपानेको ध्वजा अभिवादन तथा सचिव भुवन शर्माको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij