२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

रास्वपा महामन्त्री ढकाल पदबाट बर्खास्त

मंगलवार , आषाढ २६, २०८१

  • 889
    Shares
  • 889
    Shares
  • काठमाडौं, २५ असार ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । पार्टी कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले यसअघिको बैठकमा अराजनीतिक व्यवहार गरेको सन्दर्भमा ढकाललाई निलम्बन गरिएको अवस्थामा अनुशासन समितिको प्रतिवेदनका आधारमा पदबाट बर्खास्त गर्ने निर्णय गरिएको रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

    बैठकमा अनुशासन समितिको प्रतिवेदनका बारेमा विस्तृत छलफल भएको र प्रतिवेदनको सिफारिसअनुसार पार्टीको विधान धारा ५६ उपधारा ३ बमोजिम पार्टीको साधारण सदस्य कायम राखि महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको उनले बताए । उनले केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावदेनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

    उनले ढकालको स्पष्टीकरण विधि प्रक्रिया विपरीत रहेको ठहर प्रतिवेदनमा उल्लेख गरिएको जिकिर गरे ।