२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बैंक इन्स्योरेन्स क्लबद्वारा अटिजम भएका विद्यार्थीलाई सहयोग

मंगलवार , आषाढ २६, २०८१

बुटवल, २५ असार । 
बैंक इन्स्योरेन्स क्लब अफ सुनवलद्वारा सुनवलस्थित लुम्बिनी माध्यमिक विद्यालयमा अध्यनरत अटिजम भएका विद्यार्थीको लागि कुलर हस्तान्तरण गरिएको छ । बौद्धिक अपांगता भएका विद्यार्थीको कक्षाकोठालाई वातानुकुल बनाउन सहयोग गर्ने उद्देश्यले कुलर हस्तान्तरण गरिएको हो ।

क्लबका अध्यक्ष अर्जुन ज्ञवाली तथा पदाधिकारी, सदस्यले विद्यालयका अध्यक्ष गंगा बहादुर गुरुङ, प्राचार्य हुमनाथ सुवेदी, इञ्चार्ज, विद्यालय व्यवस्थापन समिति, शिक्षकलाई कुलर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष अर्जुन ज्ञवालीले बौद्धिक अपांगता भएका सानासाना नानीबाबुलाई गर्मीबाट सुरक्षित राख्नको निमित्त कुलर हस्तान्तरण गरिएको जानकारी दिए । उनले आगामी दिनमा पनि क्लबले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर गुरुङले बैंक इन्स्योरेन्स क्लबले अटिजम विद्यार्थीको लागि कुलर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै यसले गर्मीबाट सुरक्षित राख्दै पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । क्लबका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक तथा उपाध्यक्ष विनोद खनालको स्वागत र सचिव मन्जु रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।