
मंगलवार , आषाढ २६, २०८१
काठमाडौं, २५ असार ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समिकरण तोडेको परिणाम अहिले देखिएको तर्क गरेका छन् । मंगलबार प्रतिनिधिसभा बोल्दै केसीले कांग्रेससँग समिकरण तोडेपछि एमालेले खेल्ने ठाउँ पाएको र अहिलेको अवस्था आएको बताएका हुन् ।
उनले अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको बताए ।
माओवादीसँगको समिकरणपछि एमालेले मन्त्रीमण्डलमा पठाएका व्यक्ति हेर्दा समिकरण लामो समय नजाने आंकलन सबैले त्यसैबेला गरेको उनले बताए ।
उनले अहिले कांग्रेस–एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गर्दै अब हुनेवाला केही नभएको जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij