
बुधवार , आषाढ २७, २०८१
काठमाडौं, २६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बर्खास्तीमा परेका डा. मुकुल ढकालले पार्टी नेतृत्वको कमीकमजोरी औल्याउँदा आफूलाई कारवाही गरिएको बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले पार्टीका तर्फबाट सुझाव संकलन गर्ने क्रममा आएका सुझाव र पार्टी नेतृत्वका कमीकमजोरीलाई प्रस्तुत गर्दा आफुलाई कारवाही गरिएको बताएका हुन् ।
पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो प्रतिवेदनमाथि छलफल हुनुअघि आफ्नो असन्तुष्टिका बारेमा समेत आफूसँग छलफल नगरिएको गुनासो गरे ।
बैठक अघि आफुले सार्वजनिक गरेको प्रतिवेदनको सारांश पनि सभापति रवि लामिछानेको सल्लाहमै सार्वजनिक गरिएको उनले दावी गरे ।
ढकालले आफूलाई पार्टीले गरेको कारवाहीको विधि र प्रक्रिया नमिलेको भन्दै आफु अझै पनि महामन्त्री रहेको जिकिर गरे । आफूलाई कारवाही गरेर रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गरेकाले आफू मिडियामा आउन बाध्य भएको उनले बताए ।
उनले अब आफूले के बोल्ने वा नबोल्ने भन्ने सुझाव लिनका लागि आगामी महिना देशभर प्रस्ताव यात्रा सुरु गर्ने र जनताको घरघर जाने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij