२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई असर नपर्ने गरी संविधानको  पुनरावलोकन गरिने छ : महामन्त्री थापा

बिहिवार , आषाढ २८, २०८१

  • 622
    Shares
  • 622
    Shares
  •  विराटनगर,२७ असार।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसंग भएको सहमति सार्वजनिक हुने बताएका छन । 

    बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठन हुने प्रक्रियामा गइसकेपछि मात्रै कांग्रेस–एमालेबीच भएको सहमति सार्वजनिक हुने बताएका हुन । पार्टीका सवै सदस्यहरुलाई सहमतिका सवै बुँदाका बारेमा जानकारी गराइसकिएको भन्दै थापाले एमालेसंग भएको सहमतिको इमान्दारीताका साथ पालना हुने बताए ।

    उनले महामन्त्रीको रुपमा काम गर्दा समयको दवाव रहेकाले आफु सरकारमा नजाने र महामन्त्रीकै रुपमा काम गर्ने पार्टी नेतृत्वलाई जानकारी गराएको बताए ।त्यस्तै थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने भन्दै संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक रहने धारणा राखे । 

    महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको  पुनरावलोकन गरिने जिकिर गरे ।