२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

जेसीआई सिद्धार्थद्वारा वृद्धाश्रममा खाद्यान्न तथा आर्थिक सहयोग हस्तान्तरण

शनिवार , फाल्गुण १५, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, १५ फागुन ।
    जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)ले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई बृद्ध सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण तथा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संस्थाले शनिबार एक कार्यक्रमकाबीच वृद्धाश्रमलाई खाद्यान्न सामाग्री तथा २१ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति तथा सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर सागर प्रताप राणाले जेसीजले खासगरी नेतृत्व विकासमा महत्वपूर्ण भुमिका निभाएको बताए । उनले सामाजिक क्षेत्रमा पनि जेसीज अग्रसर भएको बताए । जेसीआई सिद्धार्थ, नेपालका मानार्थ सदस्य समेत रहेका राणाले जेसीजसंग सहकार्य गर्दै अगाडी बढ्न आफु तत्पर रहेको बताए ।

    जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले आश्रमलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको बताए । उनले जेसीजले सिद्धार्थनगर तथा आसपासका क्षेत्रमा नेतृत्व विकास मात्र नभइ सामाजिक विकासमा पनि आफुलाई अब्बल सावित गरेको बताए ।

    कार्यक्रममा श्री सत्य साई बृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेल, जेसीआई सिद्धार्थ लेडी नेपालकी पूर्व अध्यक्ष विन्दु काफ्ले उपाध्यायले बोल्दै जेसीआई सिद्धार्थले यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।IMG_3575.JPG

    कार्यक्रम संयोजक एवं जेसीआई सिद्धार्थ सह–शाखा सम्पादक केशव भण्डारीको स्वागत, निर्देशक सौरभ घिमिरेको आस्था पाठ तथा उपाध्यक्ष अर्जुन कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    जेसीआई सिद्धार्थ वर्ष २०२१ अन्तर्गत पहिलो कार्यक्रमको रुपमा प्रजातन्त्र दिवसमा भैरहवास्थित देवकोटाचोकमा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको महासचिव सागर पोखरेलले बताए ।