२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

बिहिवार , आषाढ २८, २०८१

  • 622
    Shares
  • 622
    Shares
  • काठमाडौं,२७ असार।राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

    सिंहदरबारमा बिहिबार बसेको राप्रपा संसदीय दलको बैठकले प्रचण्डको विश्वासको मतको बिपक्षमा उभिने निर्णय गरेको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।अहिले कांग्रेस–एमालेको नयाँ गठवन्धनमा सामेल हुने–नहुने बिषयमा भने कुनै निर्णय नगरेको उनले बताए । उनले नयाँ सरकार गठन भइसकेपछि र संविधान संशोधनमा बिषयमा स्पष्ट धारणा आएपछि पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने बताए ।  

    उनले सरकारको नेतृत्व पटक पटक परिवर्तन हुँदा दलहरुले जनताको अवस्थामा बारेमा ध्यान दिन जरुरी रहेको जिकिर गरे।