२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

ई–एनएमबी एप्समार्फत मुर्गिया खानेपानीको डिजिटल बील भुक्तानी सेवा

बिहिवार , आषाढ २८, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • – अर्जुनदृष्टि
    बुटवल, २७ असार । 
    एनएमबी बैंकको ई–एनएमबी एप्समार्फत रुपन्देहीको मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाको महसुल (बील) भुक्तानी सेवा शुभारम्भ भएको छ । एक समारोहकाबीच एनएमबी बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली, वरिष्ठ क्षेत्रीय प्रबन्धक मेघराज तिम्सिना, प्रदेश अपरेशन म्यानेजर सुन्दर थापा, खानेपानी संस्थाका अध्यक्ष प्रेम बहादुर बानिया, खानेपानी संस्थाका सल्लाहकारहरु, सैनामैना नगरपालिका वडा नम्बर २, ३, ४ का वडाअध्यक्षहरु, खानेपानी संस्थाको कार्यसमिति, ३० वटा टोल विकास समितिका अध्यक्ष÷प्रतिनिधि÷उपभोक्ताहरु, एनएमबी बैंक मुर्गिया शाखा प्रबन्धक कमल ढकाल तथा शाखाका कर्मचारीहरुको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको हो ।

    कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले ‘समृद्ध नेपालको आधार, विद्युतीय कारोबारमा विस्तार’ भन्ने अभियान अन्तरगत एनएमबीले सैनामैना नगरपालिकाको मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासँगको सहकार्यमा डिजिटल विद्युतीय महसुल भुक्तानी सेवा शुभारम्भ गरिएको जानकारी दिए । उनले बैंकले आम नागरिकको वित्तीय पहुँचलाई सरल, छिटोछरितो बनाउन विश्वव्यापी अत्याधुनिक बैंकिङ्ग सेवालाई अंगिकार गरेको उल्लेख गर्दै इन्टरनेट अनलाइनमार्फत संसारभरबाट खाता खोल्ने, एनएमबी बैंकको क्यूआर कोड प्रयोगकर्तालाई क्युआर कर्जा, बैंकमा तलब खाता सञ्चालन गर्नुभएकालाई तलब कर्जा, किसानको लागि खेती कर्जा लगायतका सेवाहरु डिजिटल बैंकिङ्ग अनुरुप प्रदान गर्दै आइरहेको बताए ।  

    WhatsApp Image 2024-07-11 at 10.33.58 AM.jpeg

    खानेपानी संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँले एनएमबी बैंकको सहकार्यमा खानेपानी उपभोक्ताले घरै बसीबसी मोबाइलबाट खानेपानीको महशुल भुक्तानी गर्न सक्ने बताए । यो सुविधापछि उपभोक्ताको समय र पैसा दुवैको बचतसँगै सहज र सुरक्षित खानेपानीको महशुल भुक्तानी हुने उनले विश्वास व्यक्त गरे ।

    एनएमबी बैंक मुर्गिया शाखा प्रबन्धक कमल ढकालले डिजिटल बैंकका आयाम, चुनौती र प्रयोगकर्ताले ध्यान दिनुपर्ने विषयहरुको बारेमा जानकारी दिए ।

    बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीको अध्यक्षता, मुर्गिया खानेपानी उपभोक्ता एवं सरसफाई संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाको प्रमुख आतिथ्यता तथा प्रदेश अपरेशन म्यानेजर सुन्दर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।