२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

भैरहवामा सञ्चालनमा आयो ‘एमटीएस मोबाइल’

बिहिवार , आषाढ २८, २०८१

भैरहवा, २७ असार ।
रुपन्देहीको भैरहवामा महाकाल ट्रेड सप्लायर्स (एमटीएस मोबाइल-अल मोबाइल सोलुसन) सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–१२ स्थित आवारोडमा सञ्चालनमा आएको उक्त व्यवसायिक प्रतिष्ठानको लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.) गुप्ता र चमेला देवी गुप्ताले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । चमेला देवी एमटीएस मोबाइलका सञ्चालक तथा युवा व्यवसायी बैजनाथ गुप्ता (बी.एन.) को आमा हुन् ।

विगत २० वर्षदेखि मोबाइल व्यवसायमा संलग्न बी.एन.ले यसअघि नमस्ते मोबाइल सेन्टर सञ्चालन गर्दै आएका थिए । ‘विगत २० वर्षदेखि मोबाइल व्यवसायको माध्यमबाट सेवा दिदै आइरहेको नमस्ते मोबाइल सेन्टर हाल एमटीएस मोबाइल भैरहवाको नामबाट पुनः सञ्चालनमा आएको छ, ’उनले भने ।

गुप्ता नेपाल व्यवसायी संघ रुपन्देहीका जिल्ला अध्यक्ष समेत हुन् । उनी मोबाइल व्यवसायी संगठन रुपन्देहीका संस्थापक समेत हुन् ।

एमटीएस मोबाइलमा सम्पुर्ण मोबाइल सेटहरु सुपथ मूल्यमा उपलब्ध हुने उनले जानकारी दिए । उनले भने, ‘हामीकहाँ मोबाइल सेटहरु पाउनुका साथै मोबाइल मर्मत तथा मोबाइलसम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध छ । ’उनले मोबाइल खरीद गर्न भारतीय बजार नजान आग्रह गर्दै गुणस्तरीय सेवाका लागि स्वदेशी बजारमै खरीद गर्न आग्रह गरे। 
सञ्चालक गुप्ताका अनुसार एमटीएस मोबाइलमा हाल पाँचजना कर्मचारीहरुले रोजगारी पाएका छन् ।

IMG_6960.JPG

एमटीएस मोबाइल सोलुसन उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।