
बिहिवार , आषाढ २८, २०८१
भैरहवा, २७ असार ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाको आयोजनामा विपद् व्यवस्थापन प्रशिक्षण कार्यक्रम बिहीबार भैरहवामा सम्पन्न भएको छ । शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको तालिममा रुपन्देही उपशाखाका सभापति एवं पदाधिकारीहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई प्रशिक्षक शैलेन्द्र तुलाधर र कृष्ण मल्लले प्रशिक्षण दिएका थिए ।
विपद् व्यवस्थापनसम्बन्धी महत्वपूर्ण शब्दावली र विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा प्रशिक्षक तुलाधरले र विपद् व्यवस्थापन चक्र र यसका तत्वहरु तथा प्रारम्भिक द्रुत लेखा जोखा अभ्यासका बारेमा प्रशिक्षक मल्लले प्रशिक्षण दिएका थिए ।
मनसुनको समयमा आउने वर्षाले पार्ने असर बाढी, डुबान लगायतबाट हुने क्षति र विपदका बारेमा चनाखो भइ लाग्न पनि कार्यक्रममा जोड दिइएको थियो ।
रेडक्रस रुपन्देही जिल्ला शाखाका उपसभापति रुपमा हिराचनको स्वागत तथा मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij