२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एबीएसद्वारा विद्यार्थीको कम्प्युटर शिक्षाको गुणस्तर मापन को–ब्राण्ड एकेडेमीमा

शुक्रवार , आषाढ २९, २०८१

भैरहवा, २८ असार ।
अहिलेको प्रविधिको युगमा विद्यार्थीहरुले विभिन्न कम्प्युटर इन्ष्टिच्यूटमा कम्प्युटर सीप सिक्न जाने र अहिलेसम्म नै इन्ष्टिच्यूटभित्र नै कक्षा सकिएपछि प्रमाणपत्र प्रदान गरिदै आएको छ । जसमा विद्यार्थीहरुमा गुणस्तर छ कि छैन भन्ने कुरा थाहा हुन ग्राहो हुने भएकाले को–ब्राण्ड एकेडेमीद्वारा प्रस्ताव राखिएपछि एनोदर बेष्ट स्कूल प्रा.लि. (एबीएस) मा विद्यार्थीहरुलाई १ सय पूर्णांक राखेर ५० पूर्णाकं कम्प्युटरमा प्रयोगात्मक, २५ पूर्णांक लेखन (सैद्वान्तिक) र २५ पूर्णांक भिभा गरी गुणस्तर मापन गरिएको थियो । 

यसरी अर्को संस्थामा परीक्षा राख्दा विद्यार्थीले भविष्यमा विद्यार्थीले भविष्यमा कम्प्युटर सम्बन्धी काम गर्दा वा अन्तरवार्तामा समयको सदुपयोगसँगै काम कसरी गर्ने भन्ने कुरा सिक्न पाउने को–ब्राण्ड एकेडेमीका सञ्चालक मनिस गाहाले बताए । 

IMG_1445.JPG

त्यसै गरी कम्प्युटर शिक्षाको परीक्षा अर्को संस्थामा हुँदा गुणस्तरमा अझै सुधार आउने र विद्यार्थीले पनि प्रमाणपत्रको लागि मात्र नभइ शिक्षाको लागि पढ्ने एबीएसका सञ्चालक विकास तिवारीले बताए । परीक्षा हुँदा कम्प्युटर सिकेपछि कस्तो कुराहरुमा अनुभव हुनुपर्ने थाहा पाउँदा धेरै खुसी लागेको विद्यार्थी बताउँछन् ।