२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

नेपाल नियमित रक्तदाता संघकाे रक्तदान कार्यक्रममा ११५ जनाले गरे रक्तदान  

शनिवार , फाल्गुण १५, २०७७

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल १५ फागुन। नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ प्वाइन्ट रगत सकलङ गरेको छ। संघले हरेक महिनाको तेस्रो शनिवार आयोजना गर्ने नियमित रक्तदान कार्यक्रम अन्तर्गत फागुन महिनामाको शनिवारको कार्यक्रमवाट उक्त रगत संकलन गरेको हो।

    लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले नियमित रक्तदाता संघलाई आवश्यक रहेको सामाग्री सहयोग गर्ने बताएका छन्। सामाजिक कामगर्ने संस्थालाई आर्थिक अभाव रहेको संघले जनाएको छ। 

    संस्थाको कार्यालय अहिले सम्म एउटा झोलामा सिमित रहेको संघले जनाएको छ। कार्यालय स्थापनागर्न आर्थिक अभाव रहेको सस्थाका अध्यक्ष दयाबहादुर सिलवालले बताए। 

    कार्यक्रममा संघका प्रमुख सल्लाहकार विमलबहादुर शाक्य, सल्लाहकार सुरेन्द्र कुमार शाक्यलगायतले समाजमा संघले अनुकरणीय कार्य गर्दै आइरहेको बताउदै सबैको सहयोग जरुरी रहेको उल्लेख गरे। 

    रक्तदान कार्यक्रम संयोजक मन्जु गिरीको स्वागत र सचिव महेश खनालको संचालनमा सम्पन्न भएको थियो।