२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रनवेबाट चिप्लियो बुद्ध एअरको जहाज, सबै सकुशल

शुक्रवार , आषाढ २९, २०८१

भैरहवा, २८ असार ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको रनवेबाट बुद्ध एअरको जहाज चिप्लिएको छ । अवतरणका क्रममा रनवेबाट चिप्लीएको जहाज घाँसे मैदानमा पुगेको छ । जहाजमा सवार यात्रुहरु सबैलाई सकुशल बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले बताए ।

जहाजमा ५९ यात्रु सवार रहेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए । काठमाडौंबाट भैरहवा आएको नाईन एन एओसी जहाज बिहीबार राति ९ बजेतिर रनवेमा चिप्लीएको प्रहरीले जनाएको छ । 

भारी वर्षाका कारण अवतरणमा समस्या आउँदा जहाज चिप्लिएको हुन सक्ने बुद्ध एअरले जनाएको छ । उडान नम्बर ८०५ नम्बरको चिप्लिएको उक्त जहाजको प्राविधिक जाँचका लागि बुद्ध एअरको टोली भैरहवा आइपुगेको छ ।