२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिन्धुलीको सुनकोशी किनारमा १४ औं शाखा सञ्चालन गर्दै होटल पौवा

शुक्रवार , आषाढ २९, २०८१

रुपन्देही, २८ असार ।
होटल पौवा ग्रुपले विपी राजमार्ग अन्तर्गत सिन्धुलीको मुलकोटमा सेवा विस्तार गर्ने भएको छ । नेपालका विभिन्न क्षेत्रमा १३ वटा शाखामार्फत सेवा दिँदै आएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोटस्थित सुनकोशी किनारमा सञ्चालन गर्ने भएको हो ।

काठमाडौंबाट ९० किलोमिटर पूर्व सुनकोशी नदीको किनारामा अवस्थित सिन्धुलीको मुलकोटबाट १४ औं शाखा संचालन गर्न सम्झौता गरिएको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए ।

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष भण्डारीले बताए । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जोकोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभुति गर्ने अध्यक्ष भण्डारीले बताए । ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’

aa22279b-bd97-4db1-919d-e6b21fb5468a.jpeg

१२ वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले १३ औं शाखाको रुपमा बाँकेको नेपालगञ्जमा पाँचतारे होटल निर्माणाधिन रहेको छ भने १४ औं शाखाका रुपमा सिन्धुलीमा सञ्चालन हुन थालेको हो । २० करोड बढी लगानी रहेको मुलकोट शाखाबाट हाल २४ वटा कोठासहित स्वीमिङ पुलको सुविधा, बाल उद्यान, फलफूलको बगैचा, स्नुकर, सेमिनार हलको सेवा उपलब्ध रहने पौवाका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले बताए । स्थानीय जातको लोकल कुखुरा र सुनकोशीको माछाका लागि मुलकोट यसअघि नै ख्याती कमाएको स्थल हो ।

65be8266-cc80-4702-bc1d-c459a4327384.jpeg
4aca10a4-99cd-4d24-b556-05a1df428bae.jpeg
92f77b39-63db-4b4e-946b-ccbc08b86e88.jpeg
780aa66d-4f03-4003-80dc-e4d3ff4e8f1b.jpeg

‘मिसन १००’ को यात्रा

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १ सय वटा शाखा विस्तारको योजनासहित मिसन १०० योजना बनाएको होटल पौवा देशभरका विभिन्न शहरका १२ स्थानमा सञ्चालनमा रहेको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा प्राकृतिक रमणीयस्थल सिन्धली पुगेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बथाए । रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिंगे, दाङको भालुवाङ, लमही र घोराही, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढीपछि नेपालगन्जमा निर्माणाधिन सहित सिनधुलीमा १४ औं शाखा सञ्चालन गर्ने भएको हो ।

पुर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भवः’ मार्फत आत्मसात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको स्थापना भएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।