२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘प्लान अफ एक्सन’ बनाएर अघि बढ्न आग्रह

शुक्रवार , आषाढ २९, २०८१

भैरहवा, २८ असार ।
लायन्सका अगुवाहरुले ‘प्लान अफ एक्सन’ (वार्षिक कार्ययोजना) बनाएर अघि बढ्न क्लबहरुलाई आग्रह गरेका छन् । उनीहरुले कार्यकाल उत्कृष्ट बनाउन वार्षिक कार्ययोजना बनाएर लायन्स अन्तर्राष्ट्रियको मर्म र विधा अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक २२५ पी, नेपाल अन्तर्गत जोन ३९ को प्री–जोनल एडभाईजर कमिटी मिटिङ (बैठक) मा उनीहरुले यस्तो आग्रह गरेका हुन् ।
भैरहवामा भएको बैठकमा डिष्ट्रिक सचिवालयका सल्लाहकार विनोद खरेलले एक वर्षे कार्यकाल नेतृत्वसीप देखाउने बेला भएको बताए । उनले भने, ‘१२ महिना गम्भिरतासाथ अघि बढ्नुहोला । प्लान अफ एक्सन बनाएर अघि बढ्नुपर्छ । अभिमुखीकरण कार्यक्रमलाई जोड दिनुपर्छ ।’

त्यस्तै एओजी सतिश कुमार कौसल (दीपक) ले कतिपय कार्यक्रम संयुक्त रुपमा गर्दा अझ प्रभावकारी हुने बताए । उनले तालिम कार्यक्रम आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘आफ्नोतर्फबाट सक्दो सहयोग गर्नेछौं ।’ जोन ३९ का चेयरपर्सन गजेन्द्र कोहारले सल्लाह–सुझाव लिएर अघि बढ्ने बताए । 

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका निवर्तमान अध्यक्ष भोजराज बस्यालको सञ्चालनमा भएको बैठकमा रिजन चेयरपर्सन प्रशान्तमणि रामदाम, एरिया चिफ अभिनव मयुर कसौधन, लायन्सका अगुवा राजेन्द्र थापा, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका कार्यबाहक अध्यक्ष विपिन कुमार साह, तृतीय उपाध्यक्ष मोती प्रसाद पौडेल, कोषाध्यक्ष सुनिता खाती, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलका अध्यक्ष मुन्ना अग्रहरी, लायन्स क्लब अफ कपिलवस्तु प्राचिनका अध्यक्ष सन्तोष कसौधनलगायतले भनाइ राखेका थिए ।

450578364_1102168931451021_2062933892012702134_n.jpg

कार्यक्रममा जोन ३९ अन्तर्गत लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल र लायन्स क्लब अफ कपिलवस्तु प्राचिनका पदाधिकारी, सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।