
शुक्रवार , आषाढ २९, २०८१
भैरहवा, २८ असार ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरू भएका छन् । बिहीबार राती साढे ९ बजे बुद्ध एयरको जहाज अवतरण गर्ने धावनमार्ग (रनवे) मा चिप्लिएपछि विमानस्थलमा जहाजहरू उडान र अवतरण गर्न सकेका थिएनन् ।
विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बिहीबार साँझ काठमाडौंबाट भैरहवा आएका तीनवटा जहाज काठमाडौंका लागि उडान गरेको जानकारी दिए । उनले भैरहवाबाट उडान भए पनि अवतरण भने अझै हुन नसकेको बताए । ‘यहाँ आउने जहाजहरूको अवतरणका लागि पनि प्रयास भइरहेको छ, ’उनले भने ।
उनका अनुसार धावनमार्गमा चिप्लिएको बुद्ध एयरको यु फोर ८०५ विमान धावनमार्गभन्दा पाँचमिटर बाहिर घाँसेमैदानमा पुगेको छ । विमानको अगाडिको भाग घाँसे मैदानमा धसिएको छ ।
विमानको अगाडि पट्टीको बडीले भुइँमा छोएका कारण सुरक्षित निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ । विमान निकाल्ने क्रममा विमानमा थप क्षति नहोस् भन्ने हिसाबले बुद्ध एयर, नेपाल वायुसेवा निगम र विमानस्थलका प्राविधिकहरूले प्रयास गरिरहेको उनले जानकाररी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij