२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पहिरोले बगाउँदा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य जारी

शुक्रवार , आषाढ २९, २०८१

काठमाडौं, २८ असार । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य तीव्र पारिएको छ ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार बिहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ । नदीमा पानीको सहत बढेकाले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । चितवन प्रहरी प्रमुख भावेश रिमालले नारायणगढ–मुग्लिन सडकमा दुईवटा बस पहिरोले बगाएको खवर प्राप्त गर्नेबितिकै घटनास्थलमा पुगेर खोजी कार्य जारी राखेको जानकारी दिए । काठमाडौंबाट आएको बसको तीन जनाको भने उद्दार गरेर उपचार भइरहेको उनले बताए ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेको थियो । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।