२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

माओवादीलाई प्रतिपक्षीमा बसेर आत्मसमीक्षा गर्ने मौका प्राप्त हुनेछ : योगेश भट्टराई

शुक्रवार , आषाढ २९, २०८१

  • 781
    Shares
  • 781
    Shares
  • काठमाडौं, २८ असार ।नेकपा एमालेका नेता योगेश भट्टराईले लामो समयपछि प्रतिपक्षीमा बसेर आत्मसमीक्षा गर्ने मौका माओवादीलाई प्राप्त हुन लागेको बताएका छन । 

    शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले लामो समय सत्तामा बसेका कारण माओवादीले आफ्नो मूल उदेश्य बिर्सिएको हुन सक्ने कटाक्ष गर्दै अव प्रतिपक्षीमा बसेर आत्मसमिक्षा गर्ने मौका प्राप्त हुने बताए ।उनले सरकारबाट हट्नुको पिडा प्रचण्डले सदनमा देखाएको आरोप लगाए ।

    सदनमा प्रधानमन्त्रीले गलत तथ्याङ्क प्रस्तुत गरेको भन्दै उनले सदनले पछिसम्म पनि यसको जवाफ खोजी रहने तर्क गरे । उनले देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस र एमाले एक ठाउँमा आइपुगेको दाबी गरे ।

    आफूलाई अनुकुल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को व्याख्या नगर्न सुझाव दिदै उनले देशको हितका लागि सवै एकैठाँउ आउनुपर्ने जिकिर गरे । उनले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन हुने भन्दै अनावश्यक आशंका नगर्न पनि आग्रह गरे । उनले माओवादीले लगानी भन्दा बढी नाफा खाजेको उल्लेख गर्दै माओवादीको धितो जमानत नपुग्दा पनि व्यक्तित्वका आधारमा प्रचण्डलाई साथ दिएको बताए ।