
शुक्रवार , आषाढ २९, २०८१
काठमाडौं, २८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रचण्ड पदमुक्त भएका हुन् । विश्वासको मत लिँदा दुईतिहाइ सांसदले उनको विपक्षमा मतदान गरे ।
बैठकमा उपस्थित २५८ मध्ये प्रचण्डको पक्षमा ६३ मत मात्र परेको छ भने विपक्षमा १ सय ९४ मत परेको छ । त्यस्तै नेमकिपाका एक सांसद तटस्थ रहेका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । दिन्न भन्नेमा १ मत पर्यो ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमतिपछि अल्पमतमा परेका प्रचण्डले शुुक्रबार संसदमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij