
शनिवार , आषाढ ३०, २०८१
बुटवल, २९ असार ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ६ स्थित मैत्रीपथमा म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा आएको छ ।
हाडजोर्नी, मांसपेशी र नशा सम्बन्धी रोगहरुको उपचार गर्ने गरी फिजियोथेरापि चिकित्सकद्वय अवनिश खड्का र सुशील चन्द्र अर्यालको संयुक्त २५ लाख लगानीमा सेन्टर सञ्चालनमा आएको हो ।
नेपालमै पहिलोपटक गन्सटेड काईरोप्राक्टिक तथा काठमाडौंपछि पहिलोपटक सकवेभ उपचार पद्दतिको सेवासहित उपचार गर्ने गरी शुक्रबारबाट सेवा सुरु गरेको हो ।
सेन्टरको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै वरिष्ठ नशा रोग विशेषज्ञ डा. राजीव भण्डारीले नशा तथा हाडजोर्नीको उपचारमा थेरापीको भूमिका महत्वपूर्ण रहने बताए । उनले विदेशतिर उपचारपछि आवश्यक फिजियोथेरापी बिना बिरामी घर नपठाउने गरेको भए पनि नेपालमा त्यस्तो अवस्था नभएकोले सेन्टर सञ्चालनले निकै राम्रो सन्देश दिएको बताए ।
उनले बुटवल क्षेत्रमा यो किसिमको सेवा शुभारम्भ गरकोमा शुभकामना व्यक्त गर्दै आफ्नो क्षेत्रबाट हुन सक्ने सहयोग गर्न प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा सञ्चालक अवनिश खड्काले गन्सटेड काईरोप्राक्टिक पद्दति नेपालमै पहिलोपटक सञ्चालनमा ल्याएको र भारतमा आफूले अध्ययन र काम गरेर बुटवलमा सेन्टर स्थापना गरेको बताए ।
सेन्टरबाट काइरो प्राक्टीक सेवा, म्यानुअल मेडिसिन सेवा, सकवेभ थेरापी सेवा, लेजर थेरापी, ड्राईनिडलिङ थेरापी सेवा, कपिङ थेरापी, टेपिङ थेरापी, स्पाईन एडजस्टमेन्ट र पोस्चर करेक्सनका गरिने सञ्चालक खड्काले बताए ।
अर्का सञ्चालक सुशील चन्द्र अर्यालले सेन्टरबाट उपलब्ध हुने सेवासुविधाहरुको बारेमा बताउँदै शुभारम्भको अवसरमा निःशुल्क परामर्श सेवा तथा ल्याब टेष्टमा २० प्रतिशत र सम्पूर्ण उपचारमा २५ प्रतिशत छुट प्रदान गरिएको बताए । उनले ढाड कम्मर दुख्ने जोर्नी खिइने, घोडा दुख्ने, गर्धन दुख्ने, कुहिना दुख्ने कुरकुच्चा दुख्ने, हात खुट्टा पोल्ने, झमझमाउने, सिल्का हान्ने, खेलकुदमा हुने चोटपटक, अपरेशन हुनुअघि र पछिको पुर्नस्थापना, बाथ, युरिक एसिड, लिगामेन्ट चेतिएको, मिनिस्कस ईन्जुरी, पक्षघात, पार्किन सोनिजम, जिबिएस, स्पाईनल कर्ड ईन्जुरी, सेरेवल पाल्सी, अटिजम तथा हाडजोर्नी, मांसपेशी र नशा सम्बन्धी समस्याहरुको उपचार गरिने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij