२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स क्लब अफ सिद्धार्थनगरले रोप्यो १ सयवटा आँपको विरुवा

शनिवार , आषाढ ३०, २०८१

भैरहवा, २९ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगरले १ सय वटा आँपको विरुवा रोपेको छ । क्लबले शनिबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सुमित्रा ममोरियल हेल्थ इन्ष्टिच्युट भवन परिसरमा वृक्षारोपण कार्यक्रम गरेको हो ।

लायन्स अन्तर्राष्ट्रियको वातावरण जोगाउ अभियान अन्तर्गत वार्षिक कार्ययोजना अनुसार वृक्षारोपण  कार्यक्रम गरिएको क्लबका वर्ष २०२४÷०२५ का अध्यक्ष अर्जुन पौडेलले बताए । अध्यक्ष पौडेलले आफ्नो कार्यकालको पहिलो कार्यक्रम वृक्षारोपणबाट सुरुवात गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५, नेपाल वर्ष २०२४/२०२५ का डिष्ट्रिक गभर्नर (डीजी) पुरुषोत्तम भक्त प्रधानाङ्गले वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा सहयोग पुग्ने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

450560286_1104044217930159_2172068557654409230_n.jpg

कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, मायादेवी–६ का वडाअध्यक्ष अवधराज यादवलगायतले भनाइ राखेका थिए ।

कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ सिद्धार्थनगरका सह–कोषाध्यक्ष नारायण आचार्यको स्वागत तथा सचिव कमल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

450577981_1104045004596747_8771161869312320737_n.jpg