
आइतवार , आषाढ ३१, २०८१
भैरहवा, ३० असार ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको नवौं पदस्थापन समारोह शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबको वर्ष २०२४/०२५ का लागि अध्यक्षमा चयन भएका प्रियाबन्ध न्यौपाने तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराइएको थियो ।
क्लबको वर्ष २०२४/०२५ को सचिवमा गंगाधर भण्डारी, कोषाध्यक्षमा महेश भट्ट, निवर्तमान अध्यक्षमा राम बहादुर कोइरी, प्रेसिडेण्ट इलेक्टमा राम अर्याल, प्रेसिडेण्ट नोमनीमा विष्णु आचार्य, क्लब इभेन्ट म्यानेजमेन्ट चेयरमा वासु बडाल र क्लब बुलेटीनमा विक्रम मल्ल रहेका छन् ।
त्यस्तै क्लबको पब्लिक चेयरमा कृष्ण अधिकारी, एडमिन चेयरमा विना भण्डारी, मेम्बरसीप चेयरमा यम प्रसाद पराजुली, सर्भिस प्रोजेक्ट चेयरमा शिवशंकर साह कलवार, टीआरएफ चेयरमा दीपक कुमार वर्नवाल, सर्जेन्ट एट आम्र्समा उपेन्द यादव, टीच कमिटी चेयरमा दीपक कुमार पाण्डे, सह–सचिवमा शान्ति शर्मा, योंग लिडर कन्ट्याक्टमा दिनेश पौडेल, सदस्यमा विकास गोयनका, क्लब ट्रेनरमा कृष्ण प्रसाद पाण्डे र कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेल रहेका छन् ।
कार्यक्रममा क्लबका वर्ष २०२४/०२५ का अध्यक्ष न्यौपानेले क्लबलाई यहाँसम्म ल्याउने सम्पूर्ण पूर्वअध्यक्ष तथा सदस्यहरुलाई धन्यवाद दिए । उनले रोटरीको मर्म समाजसेवा, परोपकार र भाइचारा भएकोले आगामी वर्ष पनि रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले भने, ‘हाम्रो क्लबलाई अझ सशक्त र प्रभावकारी बनाउनु छ । सबैको साथ र सहयोगको अपेक्षा राखेको छु ।’ क्लबको संस्थापक कोषाध्यक्ष हुँदै आफू अध्यक्षको जिम्मेवारीमा आइपुगेको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर इलेक्ट विनोद कोइरालाले रोटरी अन्य संघ–संस्था भन्दा फरक रहेको बताए । उनले समाजले रोटरीले धेरै अपेक्षा राखेको बताए । उनले गरेको कामहरुको रिपोर्टिङ डिष्ट्रिकमा नियमित रुपमा गर्न आग्रह गरे ।
कार्यक्रममा असाइन्ड असिस्टेन्ट गभर्नर नरेश पौडेल, एजाज आलम, प्रोफेसर राजेन्द्र लम्साल, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेन्चुरी, निवर्तमान अध्यक्ष राम बहादुर कोइरी, पूर्वअध्यक्ष शिव प्रसाल गौडेल, तुल्सा भुसाल पाण्डेलगायतले बोलेका थिए ।
कार्यक्रममा निवर्तमान तथा वर्ष २०२३/०२४ का अध्यक्ष कोइरीले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम संयोजकको जिम्मेवारी निर्वाह गर्ने संयोजकहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
क्लबका प्रेसिडेण्ट इलेक्ट राम अर्यालको स्वागत, कार्यक्रम संयोजक प्रेमराज शर्मा लोहनीको धन्यवाद ज्ञापन तथा सचिव गंगाधर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij