२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मेरो कार्यकालमा खुलेका भ्रष्टाचारका फाइल अघि बढोस् भन्ने चाहना छ : रवि लामिछाने

आइतवार , आषाढ ३१, २०८१

काठमाडौं, ३० असार । निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना कार्यकालमा अघि बढेका भ्रष्टाचारका फाइल अघि बढोस् भन्ने चाहना रहेको बताएका छन् । 

गृह मन्त्रालयमा भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको बताएका हुन् ।

आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःसङ्कोच अनुसन्धान अघि बढाउन समेत उनले आग्रह गरे । लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गरे । अनुसन्धान जारी रहेकाले सुन काण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उनले जानकारी दिए । 

उनले नयाँ मन्त्रीले पनि बनेका आधारलाई सकारात्मक रुपमा ग्रहण गर्ने विश्वास व्यक्त गरे ।