२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल हुँदै

आइतवार , आषाढ ३१, २०८१

काठमाडौं, ३० असार । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा वेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।

चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे स्थलगत जानकारी लिदै गृहसचिव अर्यालले बस र यात्रुको खोजीका लागि छिमेकी मुलुकबाट आवश्यक प्रविधि ल्याउने प्रयास भइरहको बताएका हुन् । यसका लागि सम्वन्धीत देशका राजदूतसंग कुराकारी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिवद्धता आएको उनले बताए । उनले मृतकहरुको पहिचालनका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतको बिषयमा पनि गृहले आवश्यक पहल गर्ने जिकिर गरे ।

सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले दुर्घटनास्थलको स्थलगत निरीक्षण गरेका हुन् । असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म केहि यात्रुको मात्रै शव फेला परेको छ ।