
आइतवार , आषाढ ३१, २०८१
काठमाडौं, ३० असार ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि धन्यवाद ज्ञापन गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!
चौथोपटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार (भोली) ११ बजे हुनेछ । नेपाली कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दावी पेश गरेका थिए ।
कांग्रेस–एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij