२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा दुई विधयेक प्रमाणीकरण

आइतवार , आषाढ ३१, २०८१

बुटवल, ३० असार ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई विधयेक  प्रमाणीकरण गरेका छन् । प्रमुख शेरचनले आइतबार लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी बिधयेक र आर्थिक वर्ष २०८१/२०८२ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको विधयेक प्रमाणीकरण गरेका हुन् ।

लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित विधयेकहरू संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयको प्रवक्ता धर्मा अर्याल बेल्वासेले बताइन् ।