
सोमवार , आषाढ ३२, २०८१
काठमाडौं, ३१ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन ।
सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको अवस्थामा निवारण रणनीति बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन । सो क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पौडेलले एक हप्ताभित्र मन्त्रालयले गर्ने तात्कालिन र दिर्घकालीन कार्यक्रमहरु सार्वजनिक गर्ने बताए । आफु कुरा गर्ने भन्दा पनि काम गर्ने ठाँउमा आएको भन्दै उनले कर्मचारीहरुसंग छलफल र परामर्श गरेर अघि बढ्ने धारणा राखे ।
उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि सवैको सहयोग अपरिहार्य हुने बताए । स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानीको पूर्ण प्रतिफल दिने र लगानी बढाउने प्रयन्त गर्ने पनि उनले बताए । सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको अवस्थामा निवारण रणनीति बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन । सो क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पौडेलले एक हप्ताभित्र मन्त्रालयले गर्ने तात्कालिन र दिर्घकालीन कार्यक्रमहरु सार्वजनिक गर्ने बताए । आफु कुरा गर्ने भन्दा पनि काम गर्ने ठाँउमा आएको भन्दै उनले कर्मचारीहरुसंग छलफल र परामर्श गरेर अघि बढ्ने धारणा राखे ।
उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि सवैको सहयोग अपरिहार्य हुने बताए । स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानीको पूर्ण प्रतिफल दिने र लगानी बढाउने प्रयन्त गर्ने पनि उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij