
सोमवार , आषाढ ३२, २०८१
काठमाडौं, ३१ असार ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपालको फ्रेमवर्कलाइ परिमार्जनका लागि समिति गठन गर्नेसम्बन्धी निर्णय गरेका छन् ।
सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सुचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानूनी व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रमका रहेका विषयलाई कार्यान्वयनका लागि डिटिलन नेपालको फ्रेमवर्कलाइ परिमार्जन गर्नुपर्ने भएकाले समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । सो क्रममा मन्त्री गुरुङले समग्र अध्ययन गरी आवश्यकता आधारमा मन्त्रालयको कामलाई अघि बढाउने धारणा गरे ।
मन्त्री गुरुङले नयाँ प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij