
सोमवार , आषाढ ३२, २०८१
काठमाडौं, ३१ असार ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् । शितल निवासमा पद तथा गोपनीयताको सपथपछि शान्तिबाटीमा पुगेर बीर गणेशमान सिंहको सालिकमा माल्र्यापण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालय अन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तीसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पिआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानून परिमार्जनको सहमतिका लागि कानून मन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गरे ।
सो क्रममा उपप्रधानमन्त्री सिंहले मुलुकलाई स्थायीत्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको भन्दै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्यअनुसार अघि बढाउने धारणा राखे । मन्त्रालयको काम कर्तव्यको सीमाभित्र रहेर जनताको अपेक्षाअनुसार काम गर्ने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij