
मंगलवार , श्रावण १, २०८१
भैरहवा, १ साउन । लायन्स क्लब अफ लुम्बिनी क्रियटीभ लेडीले सचिवालय कक्ष तयार गरेको छ । क्लब स्थापनाको अवसर पारेर तयार गरिएको सचिवालयको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।
सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित हेभेन्ली गार्डेन किड्स क्याम्पसको भवनमा सचिवालय स्थापना गरिएको छ । सचिवालय कक्षको सौजन्य क्लबकी संस्थापक अध्यक्ष रचना क्षेत्रीले गरेकी छन् ।
क्लबले कार्यक्रम तथा सामान्य बैठक बस्दा समेत होटलमा बस्नुपर्ने बाध्यताको अन्त गर्नका लागि सचिवालय निर्माण गरिएको क्लवकी अध्यक्ष आयुषा पाण्डेले जानकारी दिइन् । उनले होटलमा बैठक तथा कार्यक्रम गर्दा आर्थिक तथा समय दुवै खर्चिलो भएका कारण व्यवस्थापन गरेर सचिवालय तयार गरिएको बताइन् ।
सचिवालयको लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिय ३२५ पी का गर्भनर पुरुषोत्तम भतm प्रधानाङ्गले उद्घाटन गरे । उनले लायन्स क्लब अफ लुम्बिनी क्रियटीभ लेडीले सचिवालय खोलेर अत्यन्त राम्रो काम गरेको उल्लेख गरे । क्लबहरु खोल्ने तर, व्यवस्थापन गर्न नसक्ने अवस्थामा क्रियटिभ लेडीले गरेको कार्य प्रशंसायोग्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा लायन्स क्लब अफ होलिसिटी, सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठ र लायन्स क्लव अफ लुम्बिनी क्रियटीभ लेडीका संस्थापक अध्यक्ष रचना क्षेत्रीले क्लबलाई सामाजिक कार्यमा अझै बढी सक्रिय बनाउने बताए ।
कार्यक्रमको संयोजन पुष्पा रायमाझीले गरेकी थिइन् भने मन्दिरा उप्रेतीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij