२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स क्रियटीभ लेडीद्वारा बटुकलाई भोजन

मंगलवार , श्रावण १, २०८१

भैरहवा, १ साउन । लायन्स क्लब अफ लुम्बिनी क्रियटीभ लेडीले बटुकहरुलाई भोजन दान गरेको छ । स्थापना दिवसको अवसर पारेर क्लबले शान्तिनगरमा रहेको संस्कृत विद्याश्रमका बटुकहरुलाई भोजन दान गरेको हो । 

आश्रम व्यवस्थापन समितिका अध्यक्ष डिआर शर्माले लायन्स क्लबले गरेको भोजन दान कार्य अत्यन्तै पुण्यको कार्य भएको उल्लेख गरे । उनले नारी जातिले घर, परिवार, समाज र धर्मको जर्गेना गर्ने भन्दै नारीलाई देवीको संज्ञा दिए । 

कार्यक्रमका श्री १००८ स्वामी शान्तानन्द सरस्वती जी महाराजले अन्नदान महादान भएको र बेद पढेका विद्यार्थीहरुलाई अन्न दान गरे आफूले बेद पढे बराबर हुने बताए ।  उनले दान भनेको केवल धन पैसा तथा अन्न मात्र नभएर ज्ञान, विवेक, श्रम र शिक्षा रहेको भन्दै यी सबै दान भएकोले मानव भएर जन्म लिएपछि आफूसँग जे छ त्यही दान गर्दा पनि पुण्य हुने बताए । 

पुष्पा रायमाझीले संयोजन गरेको कार्यक्रमको सञ्चालन मन्दिरा उप्रेतीले गरेकी थिइन् ।