२०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

भैरहवामा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय स्थापना

मंगलवार , श्रावण १, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १ साउन ।
    भैरहवामा नेकपा (माओवादी केन्द्र) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । मंगलबार पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खानले कार्यालय उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै उनले पार्टी निर्माणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। 

    त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज बामदेव क्षेत्रीले विभिन्न समयमा माओवादीबाट अलग भएकाहरूलाई पार्टीमा फर्काउने काम भइरहेको जानकारी दिए । 

    पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बरालले पार्टी निर्माणका आधारहरू पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

    माओवादी केन्द्र रूपन्देही संयोजक निर्मल जि.सी.ले सम्पूर्ण सरकारी कार्यालय भैरहवामा र पार्टी कार्यालय बुटवलमा हुँदा काम गर्न असहज भएका कारण भैरहवामा पार्टी कार्यालय स्थापना गर्नुपरेको जानकारी दिए । कार्यालय सञ्चालनमा आएपछि पार्टीको काम गर्न थप सहज हुने उनको विश्वास छ।