
बुधवार , श्रावण २, २०८१
काठमाडौं, २ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका छन् । उनले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका हुन् ।
विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेको बताउँदै प्रधानमन्त्री ओलीले डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा सबैको समयको पनि बचत हुने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । साथै उनले शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गरेका छन् ।
उनले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु ।’
नेकपा (एमाले) का अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री बनेपछि शुभकामना दिन ओइरो लागेपछि उनले यस्तो आग्रह गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij