
बुधवार , श्रावण २, २०८१
काठमाडौं, २ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर सोमबार सपथग्रहण गरेका थिए ।
संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस्तै प्रधानमन्त्री ओलीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई नेपाली कांग्रेससहित विभिन्न दलको साथ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij