२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सत्ता पक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त

बुधवार , श्रावण २, २०८१

काठमाडौं, २ साउन । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न् । प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधबार उक्त जिम्मेवारी प्रदान गरेका हुन् ।

सत्तारुढ दलबाट मुख्य सचेतक नियुक्त हुने गर्छन् । अन्य दलका प्रमुख सचेतक भन्दा सत्ता पक्षका मुख्य सचेतकको वरियता माथि हुन्छ ।
बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी २०७९ सालमा सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विरोध खतिवडालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।