२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स तिलोत्तमा स्टार्सद्वारा फलफूल तथा डस्टबीन वितरण

बुधवार , श्रावण २, २०८१

तिलोत्तमा, २ साउन ।
लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रम मणिग्रामका बटुकहरूलाई फलफूल वितरण तथा डस्टबीन वितरण कार्यक्रम गरेको छ । क्लबले हरिशयनी एकादशी एवं चतुर्मास आरम्भका अवसरमा बुधबार उक्त कार्यक्रम गरेको जनाएको छ ।

कार्यक्रममा ३० जना बटुकहरूलाई फलफूल, चम्सुर लगायतका फलाहार सामग्री र वैदिकाश्रमका लागि डस्टबीनहरू वितरण गरिएको क्लबकी संस्थापक अध्यक्ष लायन लक्ष्मी थापाले जानकारी दिइन् ।

क्लबका अध्यक्ष बिना पौडेल क्षेत्रीको अध्यक्षता, सचिव एवं कार्यक्रम संयोजक लायन दीपा पाण्डे गौतमको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक ३२५ पी एरिया ३ का चिफ शान्ति पाठक पाण्डे, वेदमूर्ति बालगुरू विष्णु कश्यप, वैदिकाश्रमका उपाध्यक्ष दयाराम पाठक, शुभयात्रा नेपाल रूपन्देहीका अध्यक्ष मुक्तिनाथ गैह्रे लगायतले कार्यक्रमबाट आफूहरू अत्यन्त प्रभावित भएको बताए ।

क्लबका उपाध्यक्ष रमेश कुमार पराजुलीको स्वागतमा भएको स्थानीय मातृशक्ति समूहको सक्रियतामा बटुकहरूका स्वस्तिवाचन सहित भजनकीर्तन सञ्चालन गरिएको क्लबका द्वितीय उपाध्यक्ष लायन प्रतीक पाण्डेले बताए ।