२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रियसभा गृह परिसर जलमग्न

बिहिवार , श्रावण ३, २०८१

काठमाडौं, ३ साउन ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ । गएराति भएको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो । 

ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ । काठमाडौं महानगरको मातहतमा रहेको सभा गृहमा महानगरकै केही कार्यालय अझै छन् । महानगरको ती कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ । 

यसअघि काठमाडौं महानगरका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलको कार्यालय पनि यही थियो । कमलादीमा कार्यालय तयार भएपछि मेयर उपमेयरको कार्यालय कमलादी सारिएको हो । जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ ।